२३ श्रावण २०८३, शनिबार | August 9, 2026

ब्रेकफेल भएपछि काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते



काभ्रे । काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित पौवामा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

रामेछापको डोरखानीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भएर दिउँसो करिब १२स्२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार । बसमा जम्मा ३२ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।

घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : १० बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी