काठमाडौं । समाजवादी पार्टीका पूर्वसांसद सरिता गिरीमाथिको कारवाहीबारे राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले गरेको टिप्पणीलाई आयोगले अस्वीकार गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ती गरी गर्दै आयोग सदस्य अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । शर्माले भ्रम सिर्जना हुनेगरी नबोल्न अन्सारीलाई सचेत पनि गराएका छन् । संविधान, कानून र…