८ बैशाख २०८१, शनिबार | April 20, 2024

नयाँ बानेश्वरमा आकाशे पुल निर्माणको काम अझै सकिएन



काठमाडौं । नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन ।

कोभिड-१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो ।

पुल निर्माणको काम थोरै मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुलका लागि दक्ष प्राविधिक वीरगञ्जबाट ल्याउनुपर्ने भए पनि तत्कालको अवस्थामा ल्याउन नसकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनले भने, ‘अवस्था सामान्य भएर प्राविधिक ल्याएपछि केही दिनमा नै पुल सकिनेछ ।’

काठमाडौँको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर रहेको छ ।

डिभिजन सडक कार्यालयले २०७५ चैतमा ८ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाइएको थियो ।

वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन । रासस

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ०० बजे

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी