काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ। सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो । बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा जारी रहेको हो । केपी ओली नेतृत्वको सरकारप्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफलमा डाकेको हो । हिजो साँझ दुर्इ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको…