काठमाडौँ । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध शानदार जित निकालेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आज सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७(० ले गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले…