११ श्रावण २०८३, सोमबार | July 27, 2026

राहत बोकेर गृहमन्त्री थापा बागलुङको ढोरपाटनमा

काठमाडौं । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो । तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिए ।…