काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच संसदको आगामी अधिवेशनका विषयमा छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । प्रधानमन्त्री र सभामुखबीच विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको न्यौपानेले…