काठमाडौं । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग छुट्टिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको नेता बनेका जनार्दन शर्माले परम्परागत ठूला दलहरू देशलाई परिवर्तन गर्न असफल रहेको आरोप लगाएका छन् । पार्टी घोषणासभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्ना–आफ्ना समयका परिवर्तनकारी शक्ति भए पनि सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी चरित्र जोगाउन नसकेर इतिहासमै असफल सिद्ध भएको बताए। उनका…