काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीको घोषणापत्र निर्माणका लागि कमिटी गठन गरेको छ । बिहीबार ललितपुरस्थित एक होटलमा बसेको विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाकै नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गरेको हो । बैठकले देशभर पार्टी पंक्तिलाई परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति…