काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले चुनाव हार्ने डर वा सत्तामा रहने लोभका कारण गठबन्धन गरेर अर्को दलको चुनाव चिह्नमा भोट हाल्ने प्रवृत्तिबाट बाहिरिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। सरकारमा हुनु वा नहुनु भन्दा ठूलो कुरा होइन।…