ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन् । रातोपाटी डटकमले १२औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरे । “झुटमुटमा क्रिटिकल हुनुपर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा…