७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ : प्रधानमन्त्री ओली



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन् । रातोपाटी डटकमले १२औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरे ।

“झुटमुटमा क्रिटिकल हुनुपर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवाञ्छित आरोपबाट रातोपाटी बचेको छ, मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने ।

उनले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गरे । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिँदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिए ।“इमानदारको खडेरी देशमा पर्नु हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ रु” प्रधानमन्त्रीले भने ।

उनले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढङ्गले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताए । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापनसहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धमा लागेर सहासिक योगदान गरेकी देवी खड्कालाई पचास हजार नगद पुरस्कारसहित सम्मान गरे । त्यस्तै उनले संविधान संशोधन किन र के मा ? विषयक पुस्तकको अनावरण एवं सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले विमोचित पुस्तकले संविधान संशोधनसम्बन्धी छलफल र बहसलाई सहज बनाउने छ, भन्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भोकभोकै बसेर २०४६÷४७ सालदेखि पत्रकारितामा लाग्का ओम शर्माले सुरू गरेको रातोपाटी डटकमले उत्कृष्ट यात्रा तय गरेको बताए । उनले लोकतन्त्रमा सत्ताधारीलाई गल्ती गर्नबाट सचेत गराउने माध्यम भनेको सञ्चार माध्यम हो भन्दै आलोचनात्मक चेतलाई कायम राख्दै अगाडि बढ्न आग्रह गरे ।

समारोहमा मन्तव्य राख्दै पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी दिनमा सशक्त र प्रभावकारी रूपमा अनलाइन सञ्चारमाध्याम सञ्चालन हुनसक्ने विश्वास व्यक्त गरे । नेपालको सञ्चार क्षेत्रमा यस किसिमको पहल उदाहरणीय रहेको भन्दै यसले नेपालीको आवाजलाई तथ्य र यथार्थ ढङ्गले सम्प्रेषण गरेर महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।

संस्थापक ओम शर्माले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै कसैप्रति वैरभाव नराखी जनताले खोजेको सुखी र समृद्ध नेपाल निर्माणमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले विकासको रफ्तार बढाउँदै साहसपूर्वक अगाडि बढ्नका लागि सतर्कता अपनाउँदै अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई