६ असार २०८२, शुक्रबार | June 20, 2025

वैशाखसम्म कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघ्यो



काठमाडौं । नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ तथ्यांकअनुसार कुल वैशाख महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो ।

गत असारको तुलनामा वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको थियो । यसमध्ये वैशाख मसान्तसम्म अमेरिकी डलरको सञ्चिति गतवर्षको तुलनामा २०.५प्रतिशतले वृद्धि भै १८ अर्ब ४० करोड पुगेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा मुलुकको कुल विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : १२ बजे

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका-२

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान । इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द