२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आइतबार काठमाडौं उपत्यकामा बिदा

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार बिदा दिइएको जनाएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिनमा हरेक वर्ष काठमाडौं उपत्यकामा बिदा दिने प्रचलन रहेको छ ।