काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए…