काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्धको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’ उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग…