काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताएका छन् । यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्यसचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका हुन् । उक्त घटनाका विषयमा जानकारी लिन आज परिषद् पुगेका मन्त्री चौधरीले…