७ आश्विन २०८३, बुधबार | September 23, 2026

पोखराबाट विप्लवको उद्घोष- ‘अबको दशक समाजवाद र नेकपाको दशक हुनेछ’



पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक समाजवाद र नेकपाको दशक हुने बताएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशमा चौतर्फी निराश बढिरहेका बेला नेकपाले आशाको सञ्चार गराएर अवको दशकलाई उथलपुथलको दशक बनाउने दाबी गरे ।

समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले माओवादी जनयुद्धलाई आतंककारी र लुटपाटको संज्ञा दिने पुरातनवादी शक्तिलाई को अपराधी हो नेकपाले देखाइदिने चेतावनी दिए ।

सरकार प्रति आक्रोसित विप्लवले केपी ओलीको उखान टुक्काले देशले समाधान नपाउने भन्दै यसको लागि वृहत् समाजवादी मोर्चा र ईमानदार क्रान्तिकारी एवम् प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । प्राप्त गणतन्त्रको उपलब्धिलाई बदनाम र गलत सावित गराउने विभिन्न शक्ति समुहहरु रातदिन षड्यन्त्र गरेको बताउदै विप्लवले पुरानो भुतप्रेत फर्काउने सपना नदेख्न समेत राजावादी शक्तिलाई चेतावनी दिए । अग्रगामी आन्दोलन मार्फत देशलाई नयाँ ढंगको निकास दिने बताउदै विप्लवले राजनीतिक समीकरण फेरबदल मार्फत क्रान्तिकारी उथलपुथल हुने बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य उमा भुजेलले गण्डकी प्रदेशलाई उथलपुथलको केन्द्र बनाउने दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ९ : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज