रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ । खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो । ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी…