नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए । निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए । उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि…