१६ बैशाख २०८३, बुधबार | April 29, 2026

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई जेष्ठ नागरिकको सीप, अनुभव र भोगाईलाई पुस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो ।

चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, जेष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको सन्दर्भमा आयोगले तीनै तहका सरकारलाई तथा सरोकार भएका सबैलाई जेष्ठ नागरिकको सम्मान आग्रह गरेको हो ।

प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बढ्दो जनसङ्ख्याप्रति संवेदनशील हुँदै, तीन तहका सरकारले आवश्यकता पहिचान गरी जेष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।”

जेष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्थाका सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा ग्रामीण तहका जेष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको अनुभूति गर्न नपाएको देखिएको छ । सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न कठिनाई हुनुका साथै राज्यबाट प्रदान गरिएका स्वास्थ्य एवं यातायात सेवामा प्राथमिकतालगायत सुविधा पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।

हाल नेपालमा जेष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ छ । जनगणना २०५८ देखि जनगणना २०६८ सम्म आइपुग्दा जेष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर तीन प्रतिशत रहेकामा २०७८ सम्मआइपुग्दा वृद्धिदर तीन दशमलव पाँच प्रतिशत पुगेको छ ।

जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेकामा जेष्ठ नागरिकको वृद्धिदर तीन दशमलव पाँच प्रतिशत हुनुले अन्यको तुलनामा जेष्ठ नागरिकको वृद्धि प्रतिशत बढी देखिन्छ ।

उल्लिखित तथ्याङ्कलाई विश्लेषण गर्दा भविष्यमा समाजमा जेष्ठ नागरिकको सङ्ख्याप्रतिशत अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयु वृद्धि, मृत्यूदरमाकमी, स्वास्थ्यप्रति सचेतनाका कारण जेष्ठ नागरिकको जनसङ्ख्यावृद्धि हुँदै गएको देखिएको छ ।

जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सम्बन्धमा संविधान, नीति, ऐन, नियमावलीका साथै तीनै तहका सरकारले विभिन्न योजना तथा कार्यक्रममा उल्लेख गरेता पनि अपेक्षित नतिजा हाँसिल हुन सकेको देखिँदैन ।

आयोगले जेष्ठ नागरिकको अधिकार संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखीकार्य गर्दै आइरहेको छ । नेपालले जेष्ठ नागरिकलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले विसं २०७८ साल पुस ११ गतेदेखि नेपाल सरकारले राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : १४ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका