नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको कावासोतीमा आज एक ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीको थकालीचोक नजिक कालिगण्डकी अस्पताल अगाडि रोकिरहेको ट्रकमा आगलागी भएको हो । ट्रकको अगाडिको भाग जलेको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगले आगलागी भएको केही बेरमै निभाइएको थियो । आज ०५३७ नम्बरको ट्रकको अघिल्लो भागमा…