११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

तिब्बती सीमासम्म सडक निर्माणका लागि चीनलाई मनाउन योगेशले गरे आरजुसँग आग्रह

काठमाडौं। नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् । शुक्रबार मन्त्री राणालाई भेटगर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट…