काठमाडौं। स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ । नगरपालिका…