काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन् । पार्टीले काठमाडौंमा शुक्रबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले ओलीको योजनामा मुलुक लोडसेडिङमुक्त भएको जिकिर गरे । नेकपा माओवादी केन्द्र र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ लक्षित गर्दै पोखरेलले लोडसेडिङ अन्त्यको जस…