१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको दोस्रो भ्रष्टाचारको मुद्दा

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पदको दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो, बिगो बराबरको…