काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान…