३ माघ २०८१, बिहिबार | January 16, 2025

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ



काठमाडौं । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् ।

शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो ।  विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए ।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।

सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ । यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्‍यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो ।

श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको थियो । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ११ : ४८ बजे

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार