काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन् । टोकियोमा सोमबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो । यसैगरी सोमबार नै राष्ट्रपति पौडेलसँग टोकियोमा जापानका प्रमुख व्यवसायी, उद्यमी र लगानीकर्ताहरूले भेट गरेका थिए ।…