काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ । शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् । यसअघि दुवैले…