काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सुरक्षाका लागि खटिएका सम्पूर्ण सुरक्षा फिर्ता भएका छन् । नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा उपलब्ध गराइएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीसहित सबै सुरक्षाकर्मी हटाइएका हुन्। यद्यपी, नेपालले आफूलाई कुनै प्रकारको सुरक्षा जोखिम महसुस गरेमा औपचारिक रूपमा निवेदन दिएर सुरक्षा पुनः माग गर्न सक्ने…