काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले…