लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा सुरु गरिएको हो । पच्चीस वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षसम्म रोकिएको थियो । एकचालिसौँ शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल…