ढाका । बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनको वातावरण बनाउन सरकार प्रमुख मोहम्मद युनससँग आग्रह गरेका छन् । राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका वरिष्ठ नेताहरुबीच भएको भेटमा सो अनुरोध गरिएको हो । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका…