पाल्पा । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेका कारण सडक यातायात पूर्णरुपमा बन्द भएको छ । आज अपरान्ह पहिरो सहित खसेको २ ठुला ढुङ्गाका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको हो । विभागीय लोडर प्रयोग गरी उक्त ढुङ्गा पन्छाउन नसकिएको जनाउँदै ब्रेकर सहितको एक्साभेटर सडक बन्द भएको स्थानतर्फ परिचालन…