२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ । कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित…