कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा आगलागी भएको छ । यात्रु नराखी नेपालगन्ज तर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ९८३ नम्बरको बसमा आगलागी भएको हो ।
शुक्रबार साँझ करिब ७ बजेतिर मरमतका लागि भन्दै नेपालगन्ज ल्याईँदै गरेको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएपनि आगलागीको कारण खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक पातलीले बताए ।
प्रहरीका अनुसार बस चालक र सह—चालक भने आगलागी भएपछि बसबाट हामफालेका थिए । कोहलपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । उनले घटनाको अनुसन्धान गरिने जनाए ।
प्रतिक्रिया