काठमाडौं । सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन् । आज यहाँ आयोजित अन्तरक्रियामा होटल सङ्घ नेपालअन्तर्गतको पाँच तारे उपसमितिका संयोजक शशिकान्त अग्रवालले होटलले प्राप्त गरेको विदेशी मुद्रा सहटी सुविधामा सीमा तोक्न नहुनेमा जोड दिए । “हामीले नेपाल राष्ट्र…