चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज साँझ बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…