काठमाडौं । सांसदहरुले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नती एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको समस्या तत्कालै समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराए । उनले सात महिनादेखि…