एजेन्सी । उत्तरी आयरल्याण्डमा रात्रि क्लब डिसेम्बर २७ बाट बन्द गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्नका लागि नयाँ प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । त्यहाँको सरकारले उत्तरी आयरल्याण्डमा बढ्दो कोरोना नियन्त्रणमा सहयोग पुग्ने उपायको खोजीका लागि छलफल गरिरहेका छन् । पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भइरहेको छ…