काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन् । देशलाई स्वतन्त्रता दिलाएका बंगबन्धु शेख मुजिबुर रहमानको अपमान गरिएको भन्दै देशबासीसँग न्याय मागेकी छन् । उनले भनेकी छन्- 'बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको…