काठमाडौं । ओपनर विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको हो । भारतबाट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।…