२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पेरिस ओलम्पिक : चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै



काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीन १३ स्वर्ण ९ रजत ९ कांस्यसहित कुल ३१ पदकका साथ अग्रस्थानमा छ ।

दोस्रो स्थानमा रहेको आयोजक फ्रान्स ११ स्वर्ण १२ रजत र १३ कांस्य जितेको छ । एक स्थान सुधार गर्दै अष्ट्रेलिया तेस्रो स्थानमा उक्लिन सफल भयो । अष्ट्रेलियाले सातौं दिनको समाप्तिसम्म ११ स्वर्ण ६ रजत र ५ कांस्य पदक आफ्नो नाममा गरेको छ । हिजो अष्ट्रेलियाले थप ३ स्वर्ण कब्जा गर्‍यो । दुई स्थान तल झरेर चौंथो स्थानमा पुगेको अमेरिकाले ९ स्वर्ण १८ रजत र १६ कांस्यसहित कुल ४३ पदक जितेको छ ।

बेलायत पाँचौं स्थानमा पुगेको छ । उसले ९ स्वर्णसहित कुल २७ पदक जितेको छ । जापान ८ स्वर्ण ४ रजत र ६ कांस्यसहित छैंटौं स्थानमा पुगेको छ । सुरुवाती दुई दिन शीर्ष स्थानमा रहेको जापान त्यसपछि निरन्तर तल झरिरहेको छ । दक्षिण कोरिया र इटाली सातौ र आठौं स्थानमा यथावत छन् ।

सहभागी २ सय ६ देश मध्य ३५ देशले कम्तिमा १ स्वर्णपदक जितेका छन् । भने ५४ देशले पदकको खाता खोलेका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आठौं दिन ३० स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : ०७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य