काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार मतदान बिहान ८ बजेदेखि प्रारम्भ हुने भएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बस्न थालेका छन् । यसअघि मंगलबार साँझ मतदान सुरु हुने भनिए पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै प्रक्रिया स्थगित गरिएको थियो । प्रतिनिधिहरू करिब दुई…