काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ परिचय दिने ह्याकरले वेबसाइट नियन्त्रणमा लिएर सुरक्षात्मक कमजोरी देखाउने सूचना सार्वजनिक गरेका छन् । वेबसाइट खुल्नेबित्तिकै ह्याकरको नाम अंकित सूचना देखिने अवस्था सिर्जना भएको अध्यागमन कार्यालयले जनाएको छ । यसअघि बिहीबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट समेत…