२० बैशाख २०८३, आइतबार | May 3, 2026

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका–६ का खेतबारी हरियाली छन् । उपमहानगरपलिकाको सहयोगमा वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् । हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ…