१५ पुस २०८२, मंगलबार | December 30, 2025

परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस

काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।