काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४-२५, दोस्रो सेट २२-२५ र तेस्रो सेट १३-२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका…