काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा छलफल सुुरु भएको छ । जारी महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफल सम्पन्न गरिएपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने जानकारी दिँदै…